राजनीति

मुसहर बस्तीका समस्या सुन्न मन्त्री रावल शुक्रबार मधेस जाँदै

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल भोलि मंसिर ११ गते मधेस प्रदेशका धनुषा, सिरहा र सप्तरी जिल्ला भ्रमणमा जाने भएका छन्।

भ्रमणका क्रममा मन्त्री रावलले तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालय तथा भूमि प्रशासन कार्यालयका पदाधिकारी र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूसँग छलफल गर्ने छिन्। साथै, भूमिहीन, सुकुम्बासी तथा दलित समुदायको बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्ने छिन्। विशेषगरी मुसहर बस्तीमा पुगेर त्यहाँका नागरिकले भोग्दै आएका जग्गा, आवास तथा अन्य समस्याबारे जानकारी लिने छिन्।

अन्तरक्रियाका क्रममा मन्त्रालयबाट हालसम्म भएका काम, समस्या समाधानका लागि अघि बढाइएका प्रयास, आगामी योजना तथा नागरिकका गुनासाको सम्बोधनका उपायबारे समेत जानकारी आदानप्रदान गरिनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।