ब्रेकिङ न्युज
विज्ञापन
कला तथा मनोरञ्जन

‘महाकाव्य श्री रामायण कथा’ फ्लप भएपछि निर्माताले लगाए ‘रामायण’ टिममाथि नकारात्मक मार्केटिङको आरोप

भारतीय कन्टेन्ट क्रियटर अञ्जली अरोडाको अभिनय रहेको फिल्म ‘महाकाव्य श्री रामायण कथा’ बक्स अफिसमा फ्लप भएपछि उक्त फिल्मको निर्माता प्रकाश महोबियाले रणबीर कपूरको ‘रामायण’को टिममाथि आफ्नो फिल्मविरुद्ध नकारात्मक मार्केटिङ गरेको आरोप लगाएका छन्।

नितेश तिवारीको निर्देशनमा रणबीर कपूर र यश अभिनीत ‘रामायण’ यसै दीपावलीको अवसरमा सिनेमाघरमा रिलिज हुने तयारीमा छ। यो ठूलो बजेट र चर्चित कलाकारहरू भएको फिल्म रिलिज हुनुअघि नै पौराणिक महाकाव्यमा आधारित अर्को फिल्म ‘महाकाव्य श्री रामायण कथा’ २५ सेप्टेम्बरमा भारतको सिनेमाघरमा रिलिज भएको थियो।

तर रिलिजअघि नै कलाकार छनोटलाई लिएर आलोचना खेपेको यो फिल्मले बक्स अफिसमा खासै प्रभाव पार्न सकेन। अहिले फिल्मका निर्माता प्रकाश महोबियाले रणबीर कपूरको ‘रामायण’ टिममाथि आफ्नो फिल्मको नकारात्मक प्रचार गरेको आरोप लगाएका छन्।

विज्ञापन

‘इन्डिया टुडे’लाई दिएको अन्तर्वार्तामा प्रकाश महोबियाले ‘महाकाव्य श्री रामायण कथा’ फ्लप हुनुको विषयमा कुरा गर्दै रणबीर कपूरको ‘रामायण’को टिममाथि आरोप लगाए।

उनका अनुसार फिल्मबारे युट्युबर र इन्फ्लुएन्सरहरूबीच नकारात्मक कुराहरू फैलाइएका थिए, जसका कारण धेरै दर्शकले फिल्म हेर्ने अवसर नै पाएनन्।

प्रकाशले भने, ‘सुरुदेखि नै नकारात्मक मार्केटिङ गरिएको थियो। हामीले आफ्ना दर्शकसम्म पुग्ने मौका नै पाएनौँ। जसले हाम्रो फिल्म हेरे, उनीहरूलाई फिल्म निकै मन परेको थियो। तर यदि उनीहरूले फिल्म हेर्न नै पाएनन् भने आफ्नो धारणा कसरी बनाउँछन्।’

प्रकाशले थप दाबी गर्दै भने, ‘यही विषयमा ठूला बजेटका अन्य फिल्महरू पनि आउँदैछन् र युट्युबर तथा इन्फ्लुएन्सरहरूलाई आफ्नो फिल्मविरुद्ध नकारात्मक प्रचार गर्ने अवसर दिइएको थियो।’

उनले भने, ‘हामीलाई प्राप्त जानकारीअनुसार युट्युबर, इन्फ्लुएन्सर र अन्य व्यक्तिहरूलाई नकारात्मक मार्केटिङका धेरै अवसर दिइएका थिए। उनीहरूले गलत जानकारी फैलाइरहेका थिए र मानिसहरूलाई हाम्रो फिल्म नहेर्न भनिरहेका थिए।’

‘महाकाव्य श्री रामायण कथा’ अभिषेक सिंहको निर्देशनमा बनेको यस फिल्ममा अञ्जली अरोडा, देव शर्मा र रजनीश दुग्गल मुख्य भूमिकामा छन्।

फिल्म रिलिज हुनुअघि नै सीताको भूमिकामा अञ्जली अरोडालाई छनोट गरिएको विषयलाई लिएर विरोध भएको थियो। फिल्मको भीएफएक्सलाई लिएर पनि आलोचना भएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

कला तथा मनोरञ्जन बाट थप

थप — कला तथा मनोरञ्जन

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।