ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

मतपत्र छपाइमा ढिलाइ भएपछि मतदान स्थगित

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको लागि समयमा मतपत्र छपाइ हुन नसक्दा मतदान समयमा नभएको पार्टीले जनाएको ।

मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार निर्धारित समयमा निर्वाचन प्रक्रिया सुरु हुन नसकेको निर्वाचन समितिले जनाएको हो। समितिका सदस्य सचिव राजु कटुवालले सूचना जारी गर्दै अहिले सबै मतपत्र छपाइ भएर आइसकेको र मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएपनि भोलीको लागि मतदान स्थगित गरिएको हो।

समितिका अनुसार मतदान प्रक्रियामा खटिने जनशक्ति, स्वयंसेवक तथा मतदान केन्द्रमा आवश्यक व्यवस्थापन तयार भइसकेको छ। थप सुरक्षा आवश्यक परे त्यसका लागि समेत सुरक्षा व्यवस्था तयारी अवस्थामा रहेको समितिले जनाएको छ।

विज्ञापन

मतदाता मतदानका लागि बिहानैदेखि प्रतीक्षारत रहे पनि रातको समयमा रातभर निर्वाचन गराउनु उचित नहुने विभिन्न कोणबाट सुझाव प्राप्त भएको समितिले जनाएको छ। सम्भावित प्रतिकूल मौसमलाई समेत ध्यानमा राख्दै राति मतदान प्रक्रिया अघि नबढाउने निर्णय गरिएको हो।

पार्टी नेतृत्वले तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन आग्रह गरे पनि रातको समयभन्दा बिहान मतदान सुरु गर्नु उपयुक्त हुने निष्कर्षमा निर्वाचन समिति पुगेको जनाएको छ।

तस्विर : नेपाल फोटो सर्भिस

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।