नेपाल कम्युनिष्ट पार्टी (एमाले) राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ।
बुधबार विज्ञप्ति जारी गर्दै एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायसँग परामर्श नगरी गरिएको उक्त निर्णयले समुदायको जातीय परम्परा, भाषा, भेषभूषा र संस्कृतिको अवमूल्यन गरेको भन्दै विरोध जनाएको हो।
सरकारले असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीकरण गरी नेपाल राजपत्रमा प्रकाशित गरेको थियो। उक्त निर्णयप्रति नेवार समुदायले असन्तुष्टि जनाउँदै सूचीबाट नाम हटाउन माग गरिरहेको छ।

एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका अगुवा, संस्कृतिविद् तथा अभियन्ताहरूसँग आवश्यक छलफल र परामर्श नगरी निर्णय गरिएको भन्दै त्यसको भर्त्सना गरेको छ।
‘तत्काल उक्त निर्णयको खारेज गर्दै सूचीकरणमा फेरबदल गर्नुपर्ने भए सम्बन्धित समुदायका व्यक्तिहरुसँग परामर्श गरी आम सहमतिमा निर्णय गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’, विज्ञप्ति भनिएको छ।


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।