ब्रेकिङ न्युज
विज्ञापन
राजनीति

कांग्रेसको केन्द्रीय निर्वाचनमा कुनै प्यानल छैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि भइरहेको निर्वाचनमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत थापाले यस्तो बताएका हुन्। केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएको जानकारी दिँदै थापाले विभिन्न उम्मेदवारको सूची आफ्नो नामसँग जोडेर प्रचारप्रसार भइरहेकोमा त्यसलाई आफ्नो आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न आग्रह समेत गरे।

उनले हिजोका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै यसबाट महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमा मागेका छन्।

विज्ञापन

थापाले यस महत्त्वपूर्ण लोकतान्त्रिक अभ्यासमा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण ढङ्गले सहभागी हुन आग्रह गरेका छन्।

‘विभिन्न उम्मेदवारहरूको सूचीलाई मेरो नामसँग जोडेर प्रचारप्रसार भइरहेको कुरा सुन्न र देख्न आएको छ,’ उनले स्पष्ट पार्दै भने, ‘यस सन्दर्भमा स्पष्ट हुन आग्रह गर्दछु। यो पार्टीभित्रको स्वस्थ आन्तरिक लोकतान्त्रिक प्रक्रिया हो। यसपटक कुनै पनि प्यानल वा गुट छैन।’

उनले कुनै पनि भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न पनि आग्रह गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूको विवेकपूर्ण निर्णयले पार्टी संगठनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वाससमेत थापाले व्यक्त गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।