राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले सांसदहरूको विदेश भ्रमणप्रति असन्तुष्टि जनाएकी छन्।
उनले रुकुम र जाजरकोटका भूकम्प पीडितले अहिलेसम्म राहत नपाएको हुन सक्ने भन्दै उनीहरूको अवस्थाबारे अध्ययन गर्न छाडेर सांसदहरू चीनमा भूकम्प कसरी आउँछ भन्ने अध्ययन गर्न गएको भन्दै व्यङ्ग्य गरेकी छन्।
उनले पुराना नेताहरूले यस्तै काम गर्दा गलत हुने तर नयाँ सांसदहरूले गर्दा कसरी उचित हुन्छ भन्दै प्रश्न गरिन्।

तामाङले सांसदहरूले विदेश भ्रमणमा जाँदा आफ्नो सचिवालयका सदस्यहरूलाई समेत सँगै लैजाने गरेको भन्दै त्यसप्रति पनि आपत्ति जनाएकी छन्।
‘अब सांसदहरू कोही समितिबाट विदेश कोही विदेशको निमन्त्रणाले विदेश, रुकुम, जाजरकोटमा आजसम्म भूकम्प पीडितले राहत पाएको छैन होला त्यसको अध्ययन गर्न छोडेर चीनमा कसरी भूकम्प आउँछ? भनेर पोका पुन्तुरा बोकेर अध्ययनको लागि पुग्नु भाको छ। पुरानोले त्यही काम गर्दा बेठिक अनि हामी नयाँले गर्दा चाहिँ कसरी ठिक हुन सक्छ?’ उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सांसदहरू मात्र कहाँ हुन् र आफ्नो सचिवालयका सदस्यहरू समेत बोकेर लाने चलन रहेछ!’


प्रतिक्रियाहरू
कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।