जीवनशैली

भारतीय सहयोगको विगत : घोषणा सहज, निकासामा सकस

काठमाडौं । भारतले नेपाललाई करिब २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको पछिल्लो सहयोग प्याकेज घोषणा गर्‍यो । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) भारत भ्रमणमा क्रममा भारतले यस्तो सहयोग प्याकेज घोषणा गरेको हो ।  यो घोषणा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं, दुई देशबीच जारी संयुक्त प्रेस वक्तव्य र विकसित भारत समुन्नत नेपालसम्बन्धी संयुक्त दृष्टिकोण दस्तावेजमा उल्लेख गरिएको छ । यो रकममध्ये ५६ अर्ब रुपैयाँ भारतले नेपालमा विपद्पछिको पुनर्निर्माण र नयाँ पूर्वाधार परियोजनाहरूका अनुदान सहायता र १ खर्ब ८४ अर्ब रुपैयाँ ऊर्जा क्षेत्रका परियोजनाहरूका लागि सहुलियतपूर्ण ऋणको रुपमा प्रदान गर्ने उल्लेख गरिएको छ । यस्तो सहायता प्रदान गर्ने विधिहरू आपसी परामर्शमार्फत अन्तिम रूप दिइनेछ। भारतले उपलब्ध गराउने घोषणा गरेको यो सहयोग रकम एकैपटक घोषणा गरिएको सबैभन्दा ठूलो सहयोग रकम हो । त्यसमध्ये ५६ अर्ब रुपैयाँ अनुदान मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) पछिको सबैभन्दा ठूलो सहयोग रकम हो । यो सहयोग रकमको घोषणालाई ठूलो उपलब्धीको रुपमा हेरिएको छ

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

जीवनशैली बाट थप

थप — जीवनशैली

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।