समाज

भारतको कुमाउ रेजिमेन्ट नेपाल आइपुग्यो

नेपाल र भारतबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्य किरण’ मा सहभागी हुन भारतीय सैनिक टोली सोमबार नेपाल आएको छ।

विसं २०६७ देखि नेपाल र भारतमा आलोपालो गरी वार्षिक रूपमा यो सैन्य अभ्यास सञ्चालन हुँदै आएको छ।

संयुक्त सैनिक अभ्यास ‘सूर्य किरण’ को बिसौँ संस्करणमा सहभागी हुन भारतीय सेनाको टोली रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा आइपुगेको नेपाली सेनाले जनाएको छ।

विज्ञापन

सो सैन्य अभ्यास यही मङ्सिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने बताइएको छ। उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाका तर्फबाट ज्वालादल गण सहभागी हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

समाज बाट थप

थप — समाज

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।