राजनीति

प्रधानमन्त्रीलाई गगनको प्रश्न: भ्रमणमा दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि किन देखिएन ?

भारत भ्रमणका क्रममा नेपालको दीर्घकालीन हितसँग जोडिएका विषयमा ठोस उपलब्धि देखिन नसकेको भन्दै नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्रीसँग जवाफ मागेका छन्। उनले भ्रमणका क्रममा के उपलब्धि हासिल भयो भन्ने विषय जनतासामु स्पष्ट पार्नुपर्ने बताएका छन्।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै थापाले भारत भ्रमणबारे सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सरकारले दिनुपर्ने बताए। भ्रमणबाट दीर्घकालीन राष्ट्रिय हितमा कुनै महत्वपूर्ण प्रगति भएको नदेखिएको उनको टिप्पणी थियो।

‘भारत भ्रमणमा दीर्घकालीन हितका विषयमा केही भएजस्तो देखिएको छैन। के भएको हो प्रधानमन्त्रीले जनतालाई बताउनुपर्दैन ? के हामी चुप लागेर बस्ने ?’ उनले बैठकमा प्रश्न गरे।

विज्ञापन

थापाले सरकारका गतिविधिमाथि निगरानी गर्नु प्रतिपक्षको जिम्मेवारी भएको उल्लेख गर्दै कांग्रेसले राष्ट्रिय सरोकारका विषयमा मौनता नअपनाउने स्पष्ट पारे।

बैठकमा उनले राज्यका संयन्त्रको प्रयोग र राजनीतिक निकटताका आधारमा हुने व्यवहारप्रति पनि आपत्ति जनाए। कुनै व्यक्ति प्रधानमन्त्री बालेन शाह वा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट भएकै कारण कानुनी तथा राजनीतिक जवाफदेहिताबाट उन्मुक्ति पाउन नहुने उनको भनाइ थियो।

राज्यका संयन्त्रलाई निजी कम्पनी जसरी सञ्चालन गर्न खोजिए कांग्रेसले विरोध गर्ने उनले बताए। प्रतिपक्षी दललाई मात्रै लक्षित गरेर राज्यका निकाय परिचालन गरिए पनि कांग्रेसले त्यसविरुद्ध आवाज उठाउने थापाको चेतावनी थियो।

उनले भने, ‘कोही मान्छे बालेन शाहको नजिक भएको भनेर छुट पाउनु हुँदैन। रास्वपासँग नजिक भएको भनेर छुट पाउनु हुन्न। राज्यका संयन्त्रलाई प्राइभेट कम्पनी बनाउन खोज्दा कांग्रेस बोल्छ, बोल्छौँ। प्रतिपक्षीमाथि मात्रै हेर्दा कांग्रेस बोल्नुपर्छ, बोल्छ।’

थापाको अभिव्यक्तिले कांग्रेसले सरकारका विदेश भ्रमण, राज्य संयन्त्रको सञ्चालन र राजनीतिक पक्षधरतालाई आफ्नो प्रमुख निगरानीका विषय बनाउने संकेत गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो?

लेखकको बारेमा

प्रतिक्रियाहरू

कृपया सभ्य र मर्यादित भाषामा प्रतिक्रिया दिनुहोस्। अपमानजनक, मानहानिकारक वा घृणा फैलाउने प्रतिक्रियाहरू हटाइनेछन्।

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक फिल्डहरूमा * चिन्ह लगाइएको छ

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार राख्ने पहिलो व्यक्ति बन्नुहोस्।

राजनीति बाट थप

थप — राजनीति

प्रीति ⇄ युनिकोड कन्भर्टर

रूपान्तरण पूर्ण रूपमा तपाईंको ब्राउजरमै हुन्छ; तपाईंको पाठ कतै पठाइँदैन।