मेयर बालेन्द्रको पहिलो निर्णय : ‘लाइभ’ प्रशारणसहित आजै नगरसभाको बैठक

 कोरखबर   १६ जेठ, २०७९



१६ जेष्ठ, काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगरप्रमुख बालेन्द्र शाहले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णय गरेका छन् । सुन्धारामा रहेको महानगरको कार्यालयमा पदभार ग्रहण गर्दै उनले दिउँसो ४ बजे कार्यपालिका बैठक बोलाउने र बैठक लाइभ गर्ने निर्णय गरेका हुन् ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै उनले आफूले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम सुरु गर्ने बताएका छन् । उनले भने, ‘हामीले गरेको पापको भोगी उहाँहरु हुनु भएको छ । हाम्रो फोहोरले गर्दा सिसडोलवासी क्यान्सर पीडित हुनु भएको छ, छालाको रोग भएको छ । त्यत्रो मान्छे मरिरहनु भएको छ । यो शोक मनाउने बेला हो ।’

त्यस्तै, नगर उपप्रमुख सुनिता डंगोलले पनि पदभार ग्रहण गरेकी छिन्।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post