शिवम् सिमेन्टको खुद नाफामा १८ प्रतिशतले बृद्धि

 कोरखबर   ३२ सावन, २०७८



साउन ३२, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सोमवार सार्वजनिक गरेको छ । कम्पनीले १ अर्ब ३९ करोड ३७ लाख भन्दा बढी खुद नाफा गरेको विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको खुद नाफा १८ दशमलव ४१ प्रतिशत बृद्धि भएको हो । अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीको खुद नाफा १ अर्ब १७ करोड ७० लाख गरेको थियो ।

अघिल्लो वर्षभन्दा गत वर्ष बस्तु विक्रीबाट ६ दशमलव ७३ प्रतिशत बढी ९ अर्ब ६१ करोड ५४ लाख कम्पनीले आम्दानी गरेको छ । त्यस्तै, कुुल आम्दानी अघिल्लो वर्षभन्दा ७ प्रतिशत बृद्धिले बढेर ९ अर्ब ६६ करोड ६ लाखभन्दा बढी पुगेको छ ।

हाल कम्पनीको ४ अर्ब ४० करोड रुपैयाँ चुक्तापूँजी रहेको छ । त्यस्तै, जगेडा कोषमा पनि अघिल्लो वर्षभन्दा ६ दशमलव ८० प्रतिशत बृद्धि भई ५ अर्ब ३८ करोड ५९ लाखभन्दा बढी कायम भएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post