१५ माघ, काठमान्डौ । २०५४ माघ अन्तिम साता कैलालीको टीकापुरमा सानो नास्ता पसलबाट हपिस्टालिटी ब्यवसाय सुरु गरेको सिद्धार्थ ग्रुप देशकै ठुलो हस्पिटालिटी क्षेत्रका व्यवसायको नेटवर्क बनेको छ । सिद्धार्थ ग्रुपले आफ्नो शाखा नभएका देशका प्रमुख शहरहरुमा त्यहाँका व्यवसायीसँग व्यवस्थापकीय सहकार्य गरेर सेवा विस्तार गर्दै आएको छ ।
पौष दोस्रोहप्ता मात्रै बागमती प्रदेशको राजधानी हेटौँडामा तीन तारे स्तरको होटल सुरु गरेको सिदार्थ ग्रुपले देशका अन्य मुख्य शहरलाई केन्द्रित गर्दै आउटलेट सञ्चालनको तयारी गरिरहेको छ ।
नयाँ शहरमा आउटलेट विस्तारका लागी सिद्धार्थ ग्रुपले स्थानिय व्यवसायीसंगको व्यवस्थापकीय साझेदारीलाई जोड दिने गरेको छ । जसअनुसार सिदार्थले हेटौंडामा सञ्चालित होटल सामनासँग व्यवस्थापकीय साझेदारी गरेर तीनतारे स्तरको होटल सुरु गरेको हो।
सिद्धार्थले होटल, रिर्सोट, रेष्टुरेन्ट, बेकरी, क्याफे, होटल म्यानेजमेन्ट इष्टिच्यूट, जस्ता हस्पिटालिटी क्षेत्रका व्यवसायका नेटवर्क बनाएर पश्चिम नेपालको महेन्द्रनगरदेखि पूर्वको बिर्तामोडमा शाखा सञ्चालन गर्दै आएको छ।
सिद्धार्थ ग्रुपले देशका एक दर्जन भन्दा बढी प्रमुख शहरमा हस्पिटालिटी सेवा प्रदान गर्दै आएको छ । ग्रुपले नेपालगन्जमा चारतारे होटलसहित महेन्द्रनगर, कैलालीको टीकापुर, चिसापानी, सुर्खेत, बुटवल, चितवनको चुम्लिङ्टार, काठमाडौं, ललितपुरलगायत विभिन्न स्थानमा होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे, ट्राभल, हस्पिटालिटी ट्रेड, कृषि, आइटी कम्पनीलगायत विभिन्न २८ वटा कम्पनी सञ्चालन गर्दै आएको छ । ग्रुपले देशका अन्य स्थान र छिट्टै विदेशमा समेत सेवा विस्तारको तयारी गरिरहेको प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले जानकारी दिए ।