चितुवाको खप्परसहित सुन्धाराबाट तीनजना पक्राउ !

 कोरखबर   २५ माघ, २०७७



माघ २५,काठमाडौं । काठमाडौंको सुन्धारास्थित काठमाडौं मल अगाडिबाट संरक्षित वन्यजन्तु चितुवाको टाउकोको भागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

चितुवाको खप्पर कारोबार गर्न लागिएको भन्ने विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाको विशेष प्रहरी टोलीले खोजतलासका क्रममा तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा लमजुङको दुधपोखरी गाउँपालिका–६ घर भएका वर्ष २३ को सन्तोष आले मगर, काभ्रेको रोसी गाउँपालिका–१२ घर भएका वर्ष २० को सुजन थिङ र सोही स्थानका वर्ष १८ को मिङमार मोक्तान रहेका छन्।

उनीहरुलाई खानतलासी गर्दा संरक्षित चितुवाको दाह्रा सहितको टाउकोको भाग थान–१ बिक्री गर्ने उद्देश्यले आफ्नो साथमा बोकी हिँडिरहेको बेलामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post