मनी चेन्जरमा प्रहरीको छापा : १३ लाख नगदसहित सञ्चालक पक्राउ !

 कोरखबर   १९ माघ, २०७७



१९ माघ, वीरगंज । पर्सा प्रहरीले हुन्डी कारोबार गरेको आशंकामा वीरगंज ९ घण्टाघरस्थित मनोकामना मनी चेन्जरमा छापा हानेको छ। 

आइतवार दिउँसो छापा हानी प्रहरीले त्यहाँबाट ठुलो परिमाणमा भारु र नेपाली रुपैयाँ बरामद गरेको छ । मनी चेन्जर सञ्चालक गोपालप्रसाद सोनारलाई समेत प्रहरीले हिरासतमा लिएको छ।

विदेशी मुद्राको अवैध कारोबार भइरहेको भन्दै पूर्व सूचनाको अधारमा सञ्चालक सोनारलाई नियन्त्रणमा लिई खानतलासी गर्दा मनोकामना मनी चेन्जरबाट ५ लाख ८४ हजार १ सय भारु (करिब ९ लाख ३४ हजार रुपैयाँ) र ३ लाख ९२ हजार ९० नेपाली रुपैयाँ बरामद गरिएको हो। दुबै जोड्दा नेपाली रुपैया करिब १३ लाख हुन आउँछ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजित कुवँरका अनुसार उक्त स्थानबाट प्रहरीले दुई सिमकार्ड र मोबाइल एक थान पनि बरामद गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post