माघ ११,काठमाडौं । म्याग्दीमा ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धौलागिरी गाउँपालिका-७ खिवाङ स्थायी वतन भई मालिका गाउँपालिका-१ निस्कोट बस्ने ३३ वर्षीय कृष्ण बहादुर बिकलाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको छ।
कृष्ण बहादुरले ती बालिकालाई यही शुक्रवार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।