लागूऔषधसहित एक जना पक्राउ !

    ११ माघ, २०७७



माघ ११, मोरङ। मोरङ बिराटनगर-१७ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागूऔषध सहित एक जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सुनसरी धरान-९ का ३९ बर्षीय सुवास लामीछाने रहेका छन ।

उनलाई शनिवार विशेष सुराकका आधारमा SPASMO-PROXYVON-१६९ ट्याब्लेट,  NITRAVET-१५ ट्याब्लेट, NITZACARE-२० ट्याब्लेट र DIALEX-DC-२० बोतल लागूऔषध सहित पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ।

उनीउपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको उक्त कार्यालयले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post