बुडोल र जिबा खोलामा राखिएको बम सेनाद्धारा डिस्पोज !

 कोरखबर   १० माघ, २०७७



माघ १०, काठमान्डौ। बनेपाको बुडोलमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । अरनिको राजमार्ग नजिकै बम राखिएको हल्लाले राजमार्ग अवरुद्ध भएको थियो ।

अवरुद्ध राजमार्ग सेनाले बम डिस्पोज गरेसँगै खुलेको छ ।बम कसले र किन राखेको भन्ने खुलेको छैन ।

यस्तै पूर्व–पश्चिम राजमार्ज अन्तर्गत सिरहाको मिर्चैया नगरपालिका-५ जिबाखोलाको पुलनजिकै प्रेसरकुकरमा हातले बनाएर राखिएको विस्फोटक वस्तु (बम) (इप्रोभाइज एक्सपोलिसिभ डिभाइस ‘आइडी’) फेलापरेको छ।

शनिबार बिहान प्रेसर कुकर राखिएको अवस्थामा विस्फोटक वस्तु भेटिएपछि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिस्पोजल टोली पुगेर डिस्पोज गरेका छन्।

उक्त विस्फोटक वस्तु कसले र के प्रायोजनको लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी शालिग्राम शर्मा पौडेलले जानकारी गराए। अवरुद्ध बाटो पूर्ण रुपमा सुचारु भएको उनले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post