धनुषा र सर्लाहीबाट पेस्तोलसहित २ जना पक्राउ !

 कोरखबर   १० माघ, २०७७



माघ १०, जनकपुरधाम । धनुषा र  सर्लाही बाट हतियारसहित दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका-१ सोहनीका १९ वर्षीय विवेक यादव रहेका छन्। उनि जनकपुरधाम उप-महानगरपालिका-१९ बाउन्न बिघास्थित बाटोबाट पक्राउ परेका हुन्।

विशेष सूचनाको आधारमा उनको शरीर खानतलासी गर्दा २ थान नलकटुवा पेस्तोल फेला परेको प्रहरी धनुषका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

यस्तै,सर्लाहीको गोडैता नगरपालिका-८ बस्ने ५० वर्षीय अरुण मिश्र पनि पक्राउ परेका छन् । उनलाई कविलासी नगरपालिका-१० चमेलीमाइबाट हतियारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । उनको साथबाट ७.६५ एमएम लेखिएको एक थान पेस्तोल बरामद भएको छ ।

पक्राउ परेको उनिहरुमाथी थप अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।

 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post