सामाजिक सञ्जालमार्फत ठगी धन्दा , एकजना पक्राउ !

 कोरखबर   ८ माघ, २०७७



माघ ८, काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोहमा संलग्नमध्येका एकजना बाराबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका–४, बंजरिया टोल बस्ने २७ वर्षीय भोला महतो छन् ।

महतोले महागढीमाई नगरपालिका ३ बस्ने दीपेन्द्रप्रसाद जयसवाललाई २५ लाख रुपैयाँ बराबरको चिठ्ठा परेको र सो रकम प्राप्त गर्न अग्रिम एक लाख ७५ हजार रुपैयाँ जम्मा गर्नुपर्छ भनी विभिन्न प्रलोभन दिई रकम ठगी गरी फरार रहेको खुल्न आएको छ ।

महतोविरुद्ध ठगी मुद्दामा जिल्ला अदालत बाराबाट म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post