प्रहरीलाई आँफु लुटिएको झुटो खवर दिने युवक पक्राउ !

 कोरखबर   २९ पौष, २०७७



पुस २९, दाङ । दाङ प्रहरीले आफू लुटिएको भन्दै प्रहरीलाई झुटो खवर गर्ने एक युवकलाई पक्राउ गरेको छ ।रोल्पा जिल्लाको सुनछहरी गाउँपालिका वडा नम्बर ६ का २५ वर्षीय हुकुम पुन मगरले झुटो कुरा गरेर प्रहरीलाई झुक्याउन खोजेपछि पक्राउ परेका हुन् ।

मगरले पुस २६ गते राति साढे ९ बजेतिर आफैं जिल्ला प्रहरी कार्यालयमा पुगेर आफुलाई घोराहीको शहिद गेटमा युवाहरुको एक समुहले आँखामा खुर्सानीको धूलो छर्केर चार लाख ३६ हजार रुपैंया लुटेर लगेको बताएका थिए।

मगरले आफैं प्रहरी कार्यालयमा पुगेर लुटिएको बेहोरो अवगत गराउँदै सहयोग मागेपछि प्रहरीले मगरलाई समेत साथमै लगेर तत्कालै घटनास्थलमा पुगेर अनुसन्धान गर्दा उनले झुटो बोलेको पत्ता लागेपछि उनी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङले मंगलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलन गरेर मगरले तिर्नुपर्ने पैंशा नतिर्नका लागि आफैं नाटक गरेर प्रहरीलाई उल्लु बनाउन खोजेपनि आफै फसेको जानकारी दिएको छ ।

प्रहरीले रोल्पाको फगाम निवासी हरि पुनलाई तिर्नुपर्ने ४ लाख रुपैयाँ तिर्नु नपरोस् भनेर आफैं खुर्सानीको धुलो किनेर आफैलाई छर्किएर झुटो नाटक गरेको खुल्न आएको बताएको छ । उनिविरुद्ध प्रहरीले शान्ति विरुद्धको कसुरमा मुद्दा चलाएर आवश्यक कारवाही थालेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post