लेनदेनमा विवाद हुँदा चन्द्रागिरिमा एक पुरूषको हत्या, आरोपी पक्राउ !

 कोरखबर   २९ पौष, २०७७


पुस २९,काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पुरूषको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चन्द्रागिरि २ मसिने बस्ने २२ वर्षीय रामकृष्ण तामाङ रहेको प्रहरीले बताएको छ।

महानगरीय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले लेनदेनको विवाद हुँदा रामकृष्णले चन्द्रागिरि ७ घुमाउनेमा टहरा हालेर बस्ने ५२ वर्षीय होम बहादुर सुदारको हत्या गरेको बताए।

लेनदेनको विवाद हुँदा होमबहादुरलाई  टाउको र शरीरका अन्य भागमा लौरोले हिर्काउँदा मृत्यु भएको आरोपितले स्वीकार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए।

रामकृष्णले होमबहादुरलाई ७ लाख रुपैयाँ दिएका थिए। पटक-पटक माग्दा समेत नदिएपछि आक्रोशमा लौरोले हिर्काउँदा होमबहादुरको मृत्यु भएको तामाङले बयान दिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

महानगरीय प्रहरी वृत्त थानकोटले घटनाको विषयमा थप अनुसन्धान जारी रहेको जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post