महिला हत्यामा संलग्न मण्डल कारागार चलान !

 कोरखबर   २८ पौष, २०७७


पुष २८, सप्तरी। एक महिनाअघि महिला हत्याको आरोपमा पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका छन् ।

घटनामा संलग्न रहेको आरोपमा उनीसँगै पक्राउ परेका तीनजना भने अदालतको आदेशमा जनही ५०/५० हजार रुँपैया धरौटीमा रिहा भएका छन् ।

धरौटी बुझाएर रिहा हुनेहरुमा सोही वडाका शिवचरण मण्डल, सुरेन्द्र मण्डल र बिजय मण्डल छन् । चारै जनालाई सोमबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराउँदै रबितलाई ज्यान सम्बन्धी कसुरमा पूर्पक्षका लागि कारागार पठाउने तथा अन्य तीनजनालाई धरौटीमा रिहा गर्ने आदेश भएको डिएसपी भुवनेश्वर साहले जानकारी दिए ।

गत मंसिर २८ गते माछा मार्ने विषयमा विवाद हुँदा रबित मण्डलको नेतृत्वमा रहेको एक समूहले घरेलु हातहतियारले आक्रमण गर्दा सोही वडा निवासी ३४ वर्षिया गंगियादेवी मण्डलको घटनास्थलमै मृत्यु भएको थियो । घटनाको भोलीपल्टै पक्राउ परेका चारै जनामाथी प्रहरीले ज्यान सम्बन्धी कसुर र ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post