विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज रेशम पक्राउ !

 कोरखबर   २८ पौष, २०७७



पुस २८, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । 

विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले बताए ।

बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो ।

काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post