एटिएम बुथ तोडफोड गर्न खोज्ने युवक पक्राउ !

 कोरखबर   २८ पौष, २०७७



पुस २८, काठमाडौं। सुनसरीको धरान उपमहानगरपालिका-१२ मा रहेको एनआईसी एसिया बैंकको एटिएम बुथ तोडफोडको प्रयास गरेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।

प्रहरीले कोशी गाउँपालिका-३ बस्ने २३ वर्षीय सुभान मनसुरीलाई सोमबार साँझ पक्राउ गरेको हो। सीसीटीभी फुटेजको आधारमा खोजी गर्ने क्रममा उनलाई धरान उपमहानगरपालिका-१८ घोपाबाट प्रहरीले पक्राउ गरेको हो।

उनीविरुद्ध बैंकिङ कसूरमा मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post