मोटरसाइकल चोरेको आरोपमा दुई जना पक्राउ !

 कोरखबर   २१ पौष, २०७७



पुस २१, काठमाण्डौ । काठमाडौको नयाँ बजार र बालाजुबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने दुई जनालाई मोटरसाइकलसहित पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले नयाँबजारबाट धादिङको त्रिपुरासुन्दरी गाउँपालिका ५ का आयुष थापा मगर र बालाजुबाट दोलखा भीमेश्वर नगरपालिका ३ घर भएका काठमाण्डौ रानीवन बस्ने रोशन लामिछानेलाई पक्राउ गरेको हो ।

आयुष थापा मगरलाई प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालो रातो रङ्गको २२० सी.सी. को पल्सर मोटरसाइकल र रोशन लामिछानेलाई वाग्मती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालो रातो रङ्गको २२० सी।सी। को पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो ।

महाशाखाले यो महिनामा मात्रै ४१ वटा मोटरसाइकल अनुसन्धानको लागि समातेको छ । चोरीमा संलग्न ११ जनालाई पक्राउ गरी मुद्दा समेत चलाइएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post