पुस २०,काठमाडौं। स्रोत नखुलेको डेढ करोड रुपैयाँसहित नागढुंगाबाट भारतीय नागरिक पक्राउ परेका छन् । सवारी जाँच गर्ने क्रममा महानगरी प्रहरी प्रभाग नागढुंगाले सोमबार बिहान दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कपिलवस्तुमा आइरहेको गाडी जाँच गर्दा १ करोड ४७ लाख रुपैयाँ बरामद भएको थियो । पक्राउ पर्नेमा अमित कुमार गुप्ता नाम गरेका भारतीय नागरिक र गाडीका चालक रहेका छन् ।
प्रहरीले दिउँसो पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।