पुष १९,काठमाडौं । काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल भेटिएको छ। पेस्तोल देख्नेवित्तिकै यात्रुले रहेका प्रहरीलाई खबर गरेका थिए।
आज विहान ६ बजे सिन्धुलीका युवराज आलेमगरलाई अपरिचित पुरुषले पेस्तोल देखाएर लुट्ने प्रयास गरेको र उनको प्रतिवादमा पेस्तोलधारी भागेको प्रहरी प्रभाग कोटेश्वरमा बयान दिएको प्रहरीले जनाएको छ।
यद्यपी त्यो पेस्तोल कसको हो भन्नेबारेमा अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्टले एउटा पेस्तोल र एक राउण्ड गोली फेला परेको जानकारी दिए।
‘घट्नाबारे प्रारम्भिक अनुसन्धान भईरहेको डिएसपी विष्टले जानकारी दिए ।