पुस १७, काठमाडौं । सहकारीमा कलेक्टरको काम गर्ने प्रेम गजमेर दिन दहाडै लुटिएका छन् । बुधवार दिउँसो चावहिलस्थित ओम अस्पताल नजिकै अपरिचित व्यक्तिले उनलाई छुरा हाने अनि, झोला लिएर भागे । उनको झोलामा दुईलाख रुपैयाँ थियो ।
पुरानो बानेश्वरस्थित सन्दुक सहकारीमा कलेक्टरका रुपमा कार्यरत थिए ।
सिसिटिभी फुटेजको आधारमा महानगरीय अपराध महाशाखा र प्रहरी वृत गौशालाको टोलीले लुटपाटमा संलग्न २ जनालाई पक्रेको छ । पक्राउ पर्नेमा महाराजगञ्ज बस्ने २७ वर्षीय अमित तुलाधर र नरदेवी बस्ने १८ वर्षीय रोहित शाही छन् ।
अमित र रोहित सहितको समुह काठमाडौँमा लुटपाट र चोरीमा संलग्न रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । उनीहरुलाई डाँका र ज्यान मार्ने उद्योग मुद्दा चलाउने प्रहरीको तयारी छ ।