सरकारी छाप र दस्तखत कीर्ते मुद्दामा फरार अभियुक्त पक्राउ !

 कोरखबर   ३ पौष, २०७७



पुस ३,काठमाडौँ । प्रहरीले सरकार छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले सरकारी छाप र दस्तखत कीर्ते मुद्दाका फरार अभियुक्त गोपालबहादुर थापालाई पक्राउ गरेको हो। थापालाई धुम्बाराहीमा लुकिछिपी बसेको अवस्थामा बिहीबार पक्राउ गरिएको ब्युरोले जनाएको छ।

श्रम तथा रोजगार प्रबर्द्धन विभागको छापा र दस्ताखत दुरुपयोग गरेको आरोपमा अदालतले २०७६ मंसिर ११ गते थापालाई १ वर्ष कैद र ३६ लाख रुपैयाँ जरिवाना फैसला गरेको थियो। थापा सर्वोच्चको फैसलापछि फरार रहँदै आएका थिए।

ब्युरोले सर्वोच्चको फैसला कार्यान्वयनका लागि थापालाई शुक्रबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post