भोजपुरमा तीतेपातीको व्यावसायिक खेती !

 कोरखबर   ३ पौष, २०७७


पुस ३, भोजपुर । भोजपुरमा पहिलोपटक भुवादार जापानी तीतेपातीको व्यावसायिक खेतीको सुरुवात गरिएको छ । थोरै लगानीमा आम्दानी लिन सकिने तथा प्रयोगविहीन जमिनलाई सदूपयोग गर्ने लक्ष्यका साथ यसको खेती सुरुवात गरिएको हो ।

अरुण गाउँपालिका–४ चरम्बी र्याङका दुई युवा मिलेर तीतेपातीको व्यावसायिक खेतीको सुरु गरेका हुन् । छोटो समयमा उत्पादन हुने तथा विभिन्न जडिबुटीका लागि बजार मागसमेत राम्रो भएकाले यो खेतीको सुरुवात गरेको उनीहरुले बताएका छन् । उनीहरुले सङ्खुवासभाबाट विरुवा ल्याएर झण्डै दुई रोपनी क्षेत्रफलमा तीतेपातीको खेती सुरु गरेका हुन् ।

अहिले दुई रोपनी क्षेत्रफलमा परीक्षणको रूपमा लगाएको र आर्थिक तथा प्राविधिक सहयोग भएमा थप ६० रोपनी क्षेत्रफलमा विस्तार गर्ने योजना रहेको किसान झिलबहादुर राईले बताउनुभयो । कच्चा पदार्थको रूपमा तीतेपातीको सुकेको पात तथा डाँठ प्रतिकेजी ५० रुपैयाँमा बिक्री हुने गरेको उहाँको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post