एक डोको घिरौँला फलाएर बजार पाइनँ भन्नु बेकार : प्रम ओली

 कोरखबर   १२ फागुन, २०७७



१२ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको कृषि क्षेत्रमा दुईतिहाइ जनसंख्या संलग्न भए पनि अर्थतन्त्रमा यसको योगदान कम रहेको बताएका छन्। नेपालको माटोको डिजिटल नक्सा सार्वजनिक कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

'कृषिमा हाम्रो दुईतिहाइ  जनसंख्या निर्भर रहेको छ। तर राष्ट्रिय आयमा यसको योगदान २७ प्रतिशत मात्रै छ' , उनले भने, '६५ प्रतिशत जनसंख्या कृषिमा निर्भर भए पनि यसले अर्थतन्त्रमा सोचे जस्तो योगदान दिन सकेको छैन।'  कृषिमा धरै मान्छे व्यस्त रहेपनि देशलाई योगदान कम रहेको ओलीको टिप्पणी छ।

' म यस्तो पिङमा चढेको जुन मच्चिँदै मच्चिँदैन' , उनले भने, 'म लिङ्गे पिङमा चढ्दा मच्चाउन सक्दिनँ, चढ्न मात्रै सक्छु, हाम्रो कृषि त्यस्तै भएको छ।' ओलीले एक डोको तरकारी फलाएर बजार पाइन भन्नु व्यर्थ रहेको बताए।

'एक डोको घिरौँला फलाएर बजार पाइनँ भन्नु बेकार छ', उनले भने, 'तरकारीको व्यावसायिक उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजान सके मात्रै केही प्रगति हुन सक्छ।'



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post