सिन्धुलीमा दुई जोडीको बाल विवाह रोकियो !

 कोरखबर   २९ मंसिर, २०७७



मंसिर  २९, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिकामा हुन लागेको दुई जोडीको विवाह प्रहरीले रोकेको छ । सुनकोशी गाउँपालिका– ४ भोर्लेनीमा र सोही गाउपालिकाको वडा नं.३ मा बालविवाह भईरहेको सूचना पाएपछि प्रहरी चौकी रातामाटाबाट गएको प्रहरी टोलीले उक्त विवाह रोकेको हो ।

बिष बर्ष भन्दा कम उमेरका बालिकाको विवाह भइरहेको गोप्य सूचनाका आधारमा मंसिर २६ गते शुक्रवार प्रहरीले उक्त बालविवाह रोकेको सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्याम बहादुर खत्रीले जानकारी दिनुभयो ।

विवाह हुनबाट रोकिएका दुवै जना बालिकालाई अभिभावकको जिम्मा लगाइएको प्रहरी नायब उपरिक्षक खत्रीले बताउनुभयो । बीस वर्षभन्दा कम उमेरमा गरिने जस्तोसुकै विवाहलाई कानुनले अवैधानिक मानेको छ । नेपालको संविधानमा केटा वा केटी २० वर्ष उमेर नपुगी विवाह गर्ने –गराउने सबै पक्षलाई रु ३० हजारसम्म जरिवाना र तीन वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ । सुनकोशि गाउपालिका वडा नं. ४ भोर्लेनीमा भईरहेको बाल बिबाहमा संलग्न भएका केटा,केटी पक्षका अभिभावक सहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिइको छ ।

मंसिर २८ गते अदालतबाट ५ दिनको म्याद थप गरि थप अनुसन्धान भईहरको प्रहरी नायब उपरिक्षक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सुनकोशी गाउपालिका वडा नं. ३ मा भईरहेको बाल बिबाहमा संलग्न ३ जनालाई पनि नियन्त्रण लिई ६ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post