रक्सीले मातेका भदाले गरे फुपूको हत्या !

 कोरखबर   २८ मंसिर, २०७७



मंसिर २८,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा एक शनिबार राति एक महिलाको हत्या भएको छ। फुपू र भदो भाइबीच रक्सी खाएर झगडा हुँदा चन्द्रौटामा डेरा गरी बस्दै आएका दाङ सतवरियाकी ५१ वर्षीया सुशीला खडकाको लौहोरोले हानेर हत्या भएको हो।

मृतकको टाउको तथा अनुहारमा गहिरो चोट लागेको छ। प्रहरीले कुकुरको सहायताले हत्यारा पत्ता लगाएको थियो। प्रहरीले घटनास्थलको अवस्था हेर्दा सुशीलासँगै बस्ने मृतकको भदा भाइ तारणबहादुर खडकामाथि शंका गरेको थियो।

मृतकले तारणको आमा-बुबाको मृत्युपछि सानैदेखि पालन पोषण गर्दै आएकी थिइन्। दुवै जना मादक पदार्थ सेवन गरी पटक-पटक झगडा गर्ने गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले बताए।

मृतक महिलाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पलात तौलिहवा पठाइएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post