स्वयम्भूबाट गैँडाको खागसहित पाँच जना पक्राउ !

 कोरखबर   २६ मंसिर, २०७७



मंसिर २६,काठमाडौं । काठमाडौंको स्वयम्भूबाट संरक्षित वन्यजन्तु गैँडाको खागसहित पाँच व्यक्ति पक्राउ परेका छन्।

खागको अवैध रुपमा कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

काठमाडौंको स्वयम्भू किमडोलमा गैँडाको खाग बिक्री वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा प्रहरीले खाग बरामद गरेको छ।

पक्राउ पर्नेमा काठमाडौंको झोंछेका ४१ वर्षीय रिकेश शाक्य, सोही स्थानका ३५ वर्षीय सुरेश शाक्य, ३९ वर्षीय अनिल श्रेष्ठ नुवाकोटको मेघाङ गाउँपालिका–६ का २६ वर्षीय रामसिंह तामाङ र सोही स्थानकी २२ वर्षीय मुना तामाङ रहेका छन्।

पक्राउ परेका व्यक्तिहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन–२०२९ अन्तर्गत आवश्‍यक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाइएको महाशाखाले जनाएको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post