बंगलादेशबाट जीटूजीमै मल ल्याउन सहमति !

 कोरखबर   २६ मंसिर, २०७७



मंसिर २६,काठमाडौं । सरकारले बंगलादेशमार्फत जीटूजी प्रक्रियाद्वारा मल खरिद गर्न सैद्धान्तिक सहमति प्रदान गरेको छ। मंसिर १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई जीटूजीमार्फत ५० हजार टन युरिया मल खरिद गर्न सहमति प्रदान गरेको हो।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीका अनुसार कृषि सामग्री कम्पनीले बंगलादेशको सरकारी कम्पनीसँग मल खरिदका लागि मूल्य सूची माग्ने प्रक्रिया सुरु गर्नेछ।

‘मूल्य सूचीमा समझदारी कायम भएको अवस्थामा यसअघि नै ढुवानीका लागि ठेक्का सम्झौता भएको कम्पनीलाई मल आयात गर्ने जिम्मेबारी दिइनेछ’, प्रवक्ता केसीले भने।

बंगलादेश सरकारले पनि मन्त्रिपरिषद् बैठकबाट मल बिक्रीको प्रस्ताव स्वीकृत गरी नेपाललाई मूल्यसूची पठाउनुपर्नेछ। यसपछि दुवै मुलुकबीच मल खरिदसम्बन्धी सम्झौता हुनेछ। सम्झौता भएको मल आयात गर्ने ठेकेदबारले एलसी खोलेको करिब २० दिनपछि नेपालमा मल आपूर्ति गर्ने मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post