बोक्सीको नाममा दुर्व्यवहार गर्ने ३ महिलालाई कैद सजाय !

 कोरखबर   २२ मंसिर, २०७७



मंसिर २२,सल्यान । जिल्ला अदालत सल्यानले बोक्सीको नाममा दुर्व्यवहार गर्ने तीन महिलालाई कैद सजाय सुनाएको छ।  ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउने उनीहरूलाई कैद तथा जरिवाना तोकिएको हो ।

जिल्लाको शारदा नगरपालिका–१ का २३ वर्षीया जयन्ती खड्का, २१ वर्षीया सरिता खड्का र २४ वर्षीया गीता खड्कालाई कैदमा राख्ने फैसला गरिएको हो । जयन्तीलाई ६ महिना कैद र ५ हजार जरिवाना, सरिता र गीतालाई जनही ३ महिना कैद र ५ सय रुपैयाँ जरिवाना तोकिएको जिल्ला अदालत सल्यानका स्रेस्तेदार हेमन्त ज्ञवालीले जानकारी दिए ।

गत भदौ ५ गते स्थानीय ६० वर्षीया महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको भन्दै प्रहरीले असोज १२ गते तीनै जनालाई पक्राउ गरेको थियो ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post