अफताब आलमका भाइले भने : विस्फोटमा मरेका र घाइतेलाई इटा भट्टामा जलाएँ !

 कोरखबर   २२ मंसिर, २०७७



मंसिर २२,काठमाडौं । रौतहटको राजपुर बमकाण्डका आरोपित नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ आलमलाई प्रहरीले पक्राउ गरेको छ ।  उनलाई रौतहटस्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

०६४ चैत २७ गते आलमका काका शेख इद्रिसको घरमा बम बनाउने क्रममा विस्फोट भएको थियो ।

प्रहरीका अनुसार सो विस्फोटमा २–३ जनाको मृत्यु र १५–१६ जना घाइते भएका थिए ।  सोही घटनाका मृतक र घाइतेलाई ट्याक्टरमा लोड गरी सोही क्षेत्रमा रहेको इटाभट्टामा जलाएर मारेको प्रहरी अनुसन्धानबाट खुलेको छ । सो घटना अफताब आलमको निर्देशनमा भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

अफताब गत असोज २६ मा पक्राउ परेका थिए । उनी जेलमै छन् । सोही घटनामा संलग्न रहेका भनिएका आलमका भाइ फरार थिए । प्रहरीले आलमका भाइ पक्राउ गरेपछि जारी गरेको नोटमा भनिएको छ,“महताफले आफ्नो दाइ अफताव आलमको निर्देशनमा घटना लुकाउने उद्देश्यले विस्फोटमा परी मृत्यु तथा घाइते भएका मानिसहरुलाई ट्याक्टरमा राखी इटाभट्टामा जलाएको स्वीकार गरेको खुल्न आएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।”



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post