दुई जना एसपी र एक इन्स्पेक्टर निलम्बित !

 कोरखबर   १७ मंसिर, २०७७



मंसिर १७,काठमाडौं। गृह मन्त्रालयले नेपाल प्रहरीका दुई जना प्रहरी उपरीक्षक (एसपी) र एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई निलम्बन गरेको छ। प्रहरी उपरीक्षक रामेश्वर यादव, विमल बस्नेत र प्रहरी निरीक्षक मेघराजप्रसाद चौरासिया निलम्बनमा परेका हुन्। 

निलम्बन गरेकोबारे प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बसन्त कुँवरले पुष्टि गरे। 'प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा आर्थिक अनियमितता गरेको आरोपमा उनीहरू निलम्बनमा परेका हुन्,' उनले भने, 'हिजोदेखि लागू हुनेगरी निलम्बन गरिएको छ।'

प्रहरी उपरीक्षक यादव महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाह पथमा, बस्नेत महानगरीय प्रहरी कार्यालय, रानीपोखरी, र प्रहरी निरीक्षक चौरासिया जिल्ला प्रहरी कार्यालय, सिन्धुलीमा कार्यरत छन्।

प्रहरी प्रधान कार्यालय, नक्सालको सिफारिसमा मन्त्रालयले उनीहरूलाई निलम्बन गरेको हो।  ‘उनीहरूमाथि थप अनुसन्धान तथा कारबाही हुनेछ,’ प्रवक्ता कुँवरले भने। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post