प्रहरीका सई र हवल्दारविरुद्ध भ्रष्टाचारको मुद्दा !

 कोरखबर   १५ मंसिर, २०७७



मंसिर १५ , काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बाँकेको खुर्दस्थित इलाका प्रहरी कार्यालय खजुरामा कार्यरत प्रहरी नायव निरीक्षक (सई) लुद्रबहादुर केसी र प्रहरी हवल्दार राजेशबहादुर द्वालविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सई केसी र प्रहरी हवल्दार राजेशले चिरान मिल र ईंट्टा भट्टामा आँप प्रजातिको काठ लैजान सहजीकरण गरिदिने भन्दै १३ हजार रुपैयाँ घुस लिएको पाइएपछि सोमबार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

अनुसन्धानको क्रममा सई केसी र हवल्दार राजेशले निजी जग्गामा रहेको आँप जातको काठ चिरान मिल र इट्टा भट्टामा लैजानको लागि सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग उक्त रकम घुस लिएको पाइएपछि आरोप पत्र दायर गरिएको प्रवक्ता अधिकारीको भनाइ छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post