गेस्ट हाउसमा छापा : अनैतिक कार्यमा संलग्न छ जना पक्राउ !

 कोरखबर   १२ मंसिर, २०७७



मङ्सिर १२,विराटनगर । अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–९ मा सञ्चालनमा रहेको सुमित गेस्ट हाउसबाट छ जनालाई बिहीबार राती पक्राउ गरेको छ । हिमालय हल अगाडिबाट पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् ।  

पक्राउ परेका अन्यको नाम खुलाइएको छैन । अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई राति ९:४५ बजेतिर नियन्त्रणमा लिएको हो । 

पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहार मुद्दामा अनुसन्धान अघि बढाउने तयारी प्रहरीले गरेको छ । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post