३ लाख ३२ हजारसहित हेटौडाबाट १४ जुवाडे पक्राउ !

 कोरखबर   १२ मंसिर, २०७७



मंसिर १२,काठमाडौं । हेटौडाबाट १४ जना जुवाडे तीन लाख ३२ हजार रुपैयाँसहित पक्राउ परेका छन्।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौडा उपमहानगरपालिका-४ पारिजात पथबाट जुवा खेल्ने १४ जनालाई बिहीबार राति पक्राउ गरेको हो।

दिलबहादुर मोक्तानको घरमा जुवा खेलाइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली खटिएको थियो।

उनीहरूबाट प्रहरीले तीन लाख ३२ हजार ८ सय ९२ रुपैयाँ, १२ बुक तास र ३१ वटा कौडा पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए।

उनीहरूमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post