अर्काकी श्रीमती भगाएर ‘तेस्रो बिहे’ गर्ने वडाध्यक्षलाई कानुन लाग्दैन् ?

 कोरखबर   १२ मंसिर, २०७७



मंसिर १२,सल्यान । सल्यानमा एक जना जनप्रतिनिधिले तेस्रो विवाह गर्दा पनि प्रशासनको रोकतोकबिना नै गुपचुप  मिलान भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष इन्द्र कुमाइले गाउँकै एक स्थानीय महिलासँग तेस्रो प्रेम (विवाह) गरे पनि प्रहरी प्रशासनले अध्यक्षलाई सुरक्षा दिएर वडामा ल्याएको स्थानीयले आरोप लगाएका छन् ।

वडा अध्यक्षले तेस्रो विवाह गरेपछि ती महिलाको पहिलो श्रीमान् नोखिराम बोहरालाई जारीसँगै उनको ऋणसमेत तिरिदिने सहमति भएको छ । वडा अध्यक्षले ३ लाख ८० हजार जारी र ३ लाख ९५ हजार वोहराको ऋण तिरिदिने सहमति गरेका छन ।

स्थानीयका अनुसार बहुविवाह गर्ने वडा अध्यक्षलाई भने केही दिन अघिदेखि प्रहरीले सुरक्षा दिएर वडामा कामकाज गर्ने बाताबरणको निर्माण गरेको स्थानीयको भनाई छ ।

वडा अध्यक्ष कुमाईको यो तेस्रो विवाह हो । उनीसँग विवाह गर्ने नयाँ महिला गौमती बोहराका पहिलो श्रीमान् पट्टि ५ बच्चाबच्ची र वडा अध्यक्षको पनि ४ बच्चाबच्ची रहेका छन् ।

वडा अध्यक्ष कुमाइले भने गौमतीको श्रीमान नोखिराम बोहराले घरबाट निकालिदिएपछि मर्ने डरले आफुले विवाह गरेको जनाउँदै आएका छन् । योसहित अब अध्यक्षको अवैध ३ वटा श्रीमति भएका छन् । पीडित नोखिरामले न्यायको लागि भौतारिए पनि न्याय नपाउने उपाय देखेपछि उनले मिल्न बाध्य भएको गुनासो गरेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमसख गोबिन्द थापाले वडा अध्यक्षले तेस्रो बिहे गरे भन्ने सुनिएपनि आफु कहाँ उजुरी नआएको र सार्बजनिक पदमा बसेको ब्यक्तीलाई कानुन लाग्दैन भन्नु गलत भएको बताए । उनिले प्रहरीले गलत गर्ने वडा अध्यक्षलाई सुरुक्षा पनि नदिएको र जो कोहि आएर पनि उजुरी दिए कार्बाहि प्रक्रियामा अगाडी बढाउने उनको तर्क छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post