घुस लिएको अभियोगमा नायव सुब्बाविरुद्ध मुद्दा दायर !

 कोरखबर   ४ मंसिर, २०७७



मंसिर ४, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु १० हजार घुस लिएको अभियोग लागेका वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहलमा कार्यरत नायब सुब्बा शिवशङ्कर महतोविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

फारामको दर्ता प्रमाणपत्रसँग सम्बन्धित काम लिइ आएका सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा आयोगको टोलीले केही समय पहिले महतोलाई पक्राउ गरेको थियो । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार बिगोअनुसारको कारवाहीको माग गर्दै महतोविरुद्ध मुद्दा दायर गरिएको हो । 



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post