युवतीलाई जबरजस्ती करणी गर्ने पक्राउ !

 कोरखबर   २७ कार्तिक, २०७७



२७ कार्तिक, काठमाडौं । स्याङ्जामा १९ वर्षीया युवतीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा पक्राउ परेका छन् ।

युवतीलाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा अर्जुनचौपारी गाउँपालिका–३ गहते बस्ने २७ वर्षीय खेम बहादुर नेपालीलाई मंगलवार राति प्रहरीले पक्राउ गरेको हो ।

खेम बहादुरले ती युवतीलाई सोमवार राति घरमै सुतीरहेको अवस्थामा जबरजस्ती करणी गर्ने प्रयास गरेपछि जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

खेम बहादुरलाई जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post