घरमै सुतिरहेकी युवतीको गोली हानी हत्या !

 कोरखबर   २७ कार्तिक, २०७७



कातिक २७, रौतहट ।  रौतहटको माधवनारायण नगरपालिका–७ लौकाहामा बुधबार राति एकजनाको गोली हानी हत्या भएको छ। राति ११ बजे घरमा सुतिरहेको अवस्थामा १८ वर्षीया अमृता कुमारीको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ।

उनको २०७६ साल फागुनमा सर्लाहीको मधुवन गोठका रुपेश साहसँग विवाह भएको थियो। तर गएको असार उनीहरुको सम्बन्ध विच्छेद भएको थियो। त्यसपछि उनी माइत बस्दै आएकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको रौतहट प्रहरी प्रमुख शिद्धिविक्रम शाहले जानकारी दिएका छन्। 

रुपेशसंग विवाह भएको तेस्रो दिनमा आक्रमण भएको थियो । युवतीका पूर्व प्रेमीले आक्रमण गरेको खुलेको प्रहरीले जनाएको छ ।

त्यसपछि पूर्व प्रेमी भनिएका युवा विरुद्ध सर्लाहीमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। केही समय पहिले जेलबाट छुटेका ती युवाले नै युवतीको हत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post