लागुऔषधसहित काठमान्डौबाट तीनजना पक्राउ !

 कोरखबर   २४ कार्तिक, २०७७



कात्तिक २४,काठमाडौं। काठमाडौंको नागार्जुन नगरपालिका-३, इचङ्गुनारायणबाट लागुऔषध खैरो हेरोइनसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा लालबहादुर बिष्ट रहेका छन्। प्रहरीले उनको साथबाट एक ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हेरोइन बरामद गरेको हो।

यस्तै एक किलो १८० ग्राम चरेस पनि बरामद गरेको प्रहरीले जनाएको छ। बिष्टको घरमा लागुऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले उनको कोठामा तलासी गर्दा उक्त परिमाणको पदार्थ र वस्तु सहित फेला पारी उनलाई आइतबार राति पक्राउ गरेको हो।

यस्तै सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका-१४, बैरियाघाटबाट विभिन्न खालका लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। ५० एम्पुल फेनारगन, ५० एम्पुल  बुप्रिनोर्फिन र ५० एम्पुल डाइजेपामसहित सप्तकोशीको नगरपालिका-१ का ३० वर्षीय भूमिराज थापा र सोही नगरपालिका-२ का ३५ वर्षीय ब्रिटिस थापा मगर रहेका छन्।

प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको स ८ प ९०९५ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकल चालक ब्रिटिस र मोटरसाइकलमा सवार भूमिराजलाई उक्त परिमाणको लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो।  प्रहरीले पक्राउ परेकाहरूविरुद्ध लागुऔषध नियन्त्रण ऐन अन्तर्गत सोमबार मुद्दा दर्ता गरी अनुसन्धान थालेको जनाएको छ। रासस



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post