युवती बेचेको आरोपमा एक जना पक्राउ !

 कोरखबर   २१ कार्तिक, २०७७



कार्तिक २१,कामठान्डौ । रोजगारी मिलाइदिने बहानामा भारतको नयाँ दिल्ली हुँदै लेबनानमा बेचेको आरोपमा १ जनालाई मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । 

२३ बर्षीया युवतीलाई रोजगारी दिलाई दिने भन्दै भारत हुँदै लेबनानमा लगेर बेचविखन गर्ने काठमाडौं महानगरपालिका–७ घर भएका गौतमलाई कार्तिक १९ गते पक्राउ गरेको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विबेदीले जानकारी दिए ।

उनका अनुसार, पक्राउ परेका लामाले २३ बर्षीया युवतीलाई १० वर्षसम्म यौन शोषण गरेको र अन्य लेबनानमा बेचविखन गरेको ब्यूरोको अनुसन्धानले देखाएको छ ।

थप अनुसन्धानको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप भएको प्रवक्ता द्विवेदीले जनाकारी दिए ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post