बलात्कारको अभियोगमा दुई जना पक्राउ !

 कोरखबर   २१ कार्तिक, २०७७



कात्तिक २१, काठमाडौँ – जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरी जबरजस्ती करणीको आरोपमा सप्तरी र ललितपुरबाट दुई जनालाई पक्राउ गरेको हो ।

सप्तरी, ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनी नगरपालिका–४ बाँसघारी बस्ने ४५ वर्षीय सोगिन्दर रामलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रामले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुर सप्तरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ललितपुर, ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका–४ बस्ने १६ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरले ती बालिकालाई सोही ठाउँस्थित टहरोभित्र जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग ईमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post