एकैदिन १ सय ११ जना फरार प्रतिवादी पक्राउ !

 कोरखबर   २० कार्तिक, २०७७



कात्तिक २०, स्याङ्जा । स्याङ्जामा एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् । एक वडा, दुई इलाका, १८ प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालयसहित सात वटा युनिटमार्फत् हिजो एकैदिन एक सय ११ जना फरार प्रतिवादी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

कर्तव्य ज्यान, हातहतियार तथा खरखजना, जबरजस्ती करणी, अपराध, बहुविवाहलगायत विभिन्न कार्यमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

उनीहरुलाई जिल्ला अदालतमा बुझाएको पनि उपरीक्षक बोगटीले जानकारी दिनुभयो । पक्राउ परेकामध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । उनीहरु फेदीखोला, पुतलीबजार, वालिङ नगरपालिका र आँधीखोला गाउँपालिका, बिरुवा गाउँपालिका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालिगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रबाट पक्राउ परेका हुन् ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post