रक्सीको बिलमा विवाद हुँदा होटल साहुको हत्या, ३ किशोर पक्राउ !

 कोरखबर   १८ कार्तिक, २०७७



कात्तिक १८,काठमान्डौ । रोल्पामा ११ देखि १७ वर्षका किशोरहरूले मदिरा सेवन गरी पैसा तिर्ने विषयमा विवाद हुँदा होटल सञ्चालकको हत्या गरेका छन् । मदिरा सेवन गरेको २५ सयको बिलको बिषयमा विवाद हुँदा किशोरहरूले रोल्पाको रुन्टीगढी–२ स्थित धौलडाँडामा होटल सञ्चालन गर्दै आएका ६३ वर्षीय दलबहादुर पुनको हत्या गरि फरार भएका थिए ।

हत्या भएको १२ घण्टापछि जिल्ला प्रहरी कार्यालय रोल्पाबाट परिचालित प्रहरी टोलीले  हत्या अभियोगमा चार जना किशोरलाई पक्राउ गरेको छ ।  पुनको हत्या अभियोगमा प्रहरीले रुन्टीगढी गाउँपालिकाबाटै  १२ घण्टापछि स्थानीयहरूको सहयोगमा ती किशोरहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेशराज सुवेदीले बताए ।

पक्राउ परेका किशोरहरु मध्ये दुई जना १६ वर्ष, एक जना १७ वर्ष र अर्का एक जना ११ वर्षका रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए ।

‘कात्तिक ११ गते ती किशोरहरुले पुनको होटलमा मदिरा सेवन गरेका थिए , मदिरा सेवन गरेको बिल २ हजार ५ सय भएको सुनाउने बित्तिकै वृद्धमाथि ढुङ्गामुडा गर्दै कुटपिट गरेर उनीहरु फरार भएको र अनुसन्धान गर्दै जाँदा घरगोठमा फेला पारेका छौँ ।’ प्रहरी निरीक्षक खड्काले भने ।

थप अनुसन्धानका लागि कात्तिक १६ गते अदालतबाट म्याद थप गरिएको उनले बताए । प्रहरीले उनीहरुमाथि कर्तव्य ज्यानसम्बन्धी कसुर अनुसार मुद्दा दर्ता  गरेको छ ।



 प्रतिक्रिया


विज्ञापन

 


प्रकाशक : हरिराम रिमाल
सम्पादक : बद्री प्रसाद रिमाल
विभाग दर्ता नं. : ९७९-०७५-०७६
×
annapurna post